आखिर किन कुकुरसंग बिहे भयो किशोरीको ?

सहयात्रा टिभी

काठमाडौं । जेठ १६, २१औं शताब्दीमा पनि समाजका कतिपय तप्का अझै पनि हास्यास्पद अन्धविश्वासभित्र जकडिएका छन् ।

भारतको जमशेदपुरस्थित आदिवासीहरुको बाहुल्य रहेको आदित्यपूर गाउँमा मान्यता के छ भने यदि कुनै पनि बच्चाको पहिले माथिको दाँत झर्‍यो भने त्यो ठूलो अलक्षिन हुन्छ र अलक्षिनलाई भगाउनका लागि सो बच्चाको कुकुरसँग बिहे गराइदिने प्रचलन रहेको छ ।

त्यस्तै आदित्यपुरको कुलुप टाँडामा सोमबार ५ जना बालबालिकाको कुकुरसँग बिहे गराइयो । बालकहरुलाई कुकुर्नीसँग र बालिकाहरुलाई कुकुरसँग जोडी बाँधिएको हो ।

आफ्ना छोराछोरीलाई कुकुरसँग बिहे गराउने बाबुआमाले खराब ग्रहलाई काट्नका लागि यस्तो गर्नुपरेको बताए । सानैमा कुकुरसँग बिहे गराइदिएपछि ठूलो हुँदा उनीहरुलाई दशाले पछ्याउन नसक्ने यी बाबुआमाको विश्वास रहेको छ । अहिले यी आदिवासीहरु यसलाई आफ्नो संस्कृतिकै अंगका रुपमा मान्छन् ।

 

 

प्रकाशित : 30 May, 2021

प्रतिक्रिया दिनुहोस्