निषेधाज्ञामा सरकारी गाडीमा स्वयम्भु पुगेका एक जोडी

काठमाडौं । जेठ १८, हाल देशभरमा कोरोना संक्रमणको महामारी बढेसँगै राजधानीलगायत देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।
यसै त्रम्मा निषेधाज्ञाको समयमा गत आइतबार काठमाडौंको स्वयम्भुमा प्रदेश नं ३–०१– ००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक जोडी ‘डेटिङमा लिप्त’ भेटिएका हुन् ।
स्थानीयको खबरपछि पत्रकार छायाचन्द्र भण्डारी घटनास्थलमै पुग्दा उक्त जोडी डाँडामा एक कुनामा मोजमस्तीमा लिप्त देखेपछि उनले तस्बिर तथा भिडियो कैद गरेका थिए ।
यस विषयमा गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले घटनाबारे सत्यतथ्य बुझेर जो कोही भएपनि कारबाही हुने बताएका छन्।
तस्वीर– छायाचन्द्र भण्डारीको फेसबुकबाट