रवी र कविताको ‘राजा रानी’ गीत सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । जेठ १९, भीम बिसीको शब्द र संगीत अनि गायक रवी ओड र गायिका स्मिता दाहालको स्वरमा रहेको गीत ‘राजा रानी’ सार्वजनिक भएको छ ।

गीतमा रिकेश गुरुङ ‘किज’को एरेञ्ज र साजन शाहको मिक्सिङ छ । दिनपरी क्रिएसनले निर्माण गरेको भिडियोमा रवी ओड, कविता श्रेष्ठ, दिनेश विष्ट र प्रियंका शिवाकोटी विष्ट फिचर्ड छन् ।

भिडियोमा उत्सव नेपाल, रोशन बोगटी, दिनेशराज जोशी, पंकज पनेरु, रमेश मल्ल, दीपसन नाथ योगी, तारा कट्टेल र डीबी मल्ललाई पनि देख्न सकिन्छ ।

दिनेश विष्टको कथा, संवाद र निर्देशन रहेको भिडियोमा जता शंकर गोसाईको कला निर्देशन, पवन सुसलिङको छायांकन, मेघ महर्जनको स्टिल फोटोग्राफी, सपना लम्सालको मेकअप, पवन सुसलिङको भिजुअल एडिट, सन्तोष सुनारको पब्लिसिटी डिजाइन र अमितकुमार चन्दको प्रोडक्सन रहेको छ ।

भिडियो:

प्रकाशित : 2 June, 2021

प्रतिक्रिया दिनुहोस्