लोपोन्मुख सेतो रतुवा मृग (फोटो फिचर)

सहयात्रा टिभी

काभ्रेपलाञ्चोक । जेठ २०, काभ्रेपलाञ्चोकको जंगलमा घाँस काट्न जाँदा मानिसले बेवारिसे अवस्थामा भेटिएको लोपोन्मुख सेतो रतुवा मृगलाई सब डिभिजन वन कार्यालय खोपासी र डिभिजन वन कार्यालय काभ्रेले सदर चिडियाखानालाई जिम्मा लगाएको छ।

यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने गरेको सदर चिडियाखानाका डाक्टर पर्वतजंग थापाले बताए। भर्खरैको मृग भएका कारण अभिभावक नभएको अवस्थामा जंगलमा बस्न गाह्रो भएकोले संरक्षणका लागि चिडियाखानामा राख्नुपरेको थापाको बताएका छन्।

प्रकाशित : 3 June, 2021

प्रतिक्रिया दिनुहोस्