आगलागीपछि डुब्यो पानीजहाज
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २०, ओमानको खाडीमा इरानको जलसेनाको जहाज आगो लागेर डुबेको छ ।
‘ट्रेनिङ मिसन’का लागि छुटेको उक्त जहाजमा कसरी आगो लाग्यो भन्ने कुनै पनि जानकारी दिइएको छैन । इरानी सञ्चारमाध्यमहरुका अनुसार खर्ग नामक यो जहाजका चालक दललाई सुरक्षित उद्धार गरिएको छ ।
इरानको जलसेनाले दिएको जानकारीअनुसार अग्निनियन्त्रकले जहाजमा लागेको आगो नियन्त्रणका लागि निरन्तर २० घण्टा प्रयास गरेका थिए ।
यो समुद्री क्षेत्र पछिल्लो केही वर्षयता इरान र पश्चिमी मुलुकबीच तनावको केन्द्रमा रहँदै आएको छ । हालै इरान र इजरायलले एकअर्कामाथि जहाजमा आक्रमणको आरोप लगाइरहेका छन् । ओमानको खाडीले स्ट्रेट अफ हर्मुजमा जोडिन्छ भने तेल आपूर्तिको लागि संसारकौ सबैभन्दा महत्वपूर्ण समुद्री रुट हो । एजेन्सीहरुको सहयोगमा