पेरुसगँ कोलम्बियाको सहज जित

काठमाडौं । जेठ २१, विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत पाँचौ चरणको खेलमा कोलम्वियाले पेरुलाई ३–० ले पराजित गरेको छ ।
त्यस्तै शुक्रबार बिहान पेरुमा सम्पन्न खेलमा कोलम्बियालाई जित दिलाउन यारी मिना, माटेअस युरिवे र लुइस डियाजले गोल गरे । खेलको ४५औं मिनेटमा पेरुका मिगुइल ट्राउको दोहोरो पहेँलो कार्ड पाउदै मैदान बाहिरिएका थिए।
त्यस्तै खेलको ४९औं मिनेटमा माटेअसले गोल गर्दै कोलम्बियाको अग्रता दोब्बर पारे भने ५५औं मिनेटमा लुइस डियाजले कोलम्बियाको लागि तेस्रो गोल गरे।
५९औं मिनेटमा वैकल्पिक खेलाडी ड्यानिएल मुनझवले सिधै रातो कार्ड पाएपछि कोलम्बिया पनि १० खेलाडीमा समेटियो । जोन मेदिनाको स्थानमा ५७औं मिनेटमा मैदान प्रवेश गरेका मुनोजले दुई मिनेटपछि नै रातो कार्ड पाए। छनोटमा दोस्रो जित हात पारेको कोलम्बिया ५ खेलबाट ७ अंक जोडेर छैटौँ स्थानमा उक्लेको छ ।