फ्रान्स–चीन ढुवानी रेल सेवा शुरु

सहयात्रा टिभी

काठमाडौं । जेठ २१, चीन र युरोपबीच फ्राइट ९सामान ढुवानी० का लागि नयाँ रेल सेवा बुधबार शुरु भएको छ । यो सेवा शुरु भएसँगै चीनको उत्तरी प्रान्त साङ्सी र फ्रान्सबीच सोझो रेल सेवा सम्पर्क स्थापित भएको छ ।

पचास वटा कन्टेनर लोड गरिएको रेल मध्य साङ्सी प्रान्तबाट बुधबार फ्रान्सको राजधानी पेरिसका लागि प्रस्थान गरेको थियो । यो रेलले करिब ११ हजार किलोमिटरको दुरी तय गर्नेछ ।

यो रेल मङ्गोलिया, रसिया, बेलारुस, पोल्यान्ड र जर्मनी हुँदै करिब २० दिनमा फ्रान्स पुग्नेछ चिनियाँ रेल सेवाले जनाएको छ ।

शाङ्सी जिनाउ लजिस्टिकका व्यवस्थापक वाङ गोकिङले उक्त रेलमा फिटनेसका सामान र ९० हजार डिस्पोजेवल स्टेराइल सिरिंज समेतका अन्य सरसामान रहेको जानकारी दिए ।

–सिन्ह्वा

प्रकाशित : 4 June, 2021

प्रतिक्रिया दिनुहोस्