केपी ओली प्रचण्ड माधव नेपाल एमाले


हालसम्म बाढी र पहिरोका कारण ५२ को मृत्यु, ३७ वेपत्ता, हजारौ घर विस्थापित

सहयात्रा टिभी

काठमाडौ । अविरल वर्षाका कारण तराईका अधिकांश जिल्लमा आएको बाढी र पहिरोले हालसम्म ५२ जनाको मृत्यु भएको छ भने ३७ जना वेपत्ता भएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाले पूर्वमा झापाको अधिकांश जिल्ला र पश्चिममा बाँकेसम्मका अधिकांश भाग जलमग्न भएका छन् ।

गृह मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार सुनसरी, रौतहट, मोरङ, सिन्धुली, झापा, दाङ, बाँके, सुर्खेत, बर्दिया, बाग्लुङ, सर्लाही, मकवानपुर, चितवन, पाँचथर, बारा, धनुषा, कपिल्वस्तु र पाल्पा बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या यस्तो छ । यि जिल्ला बाढी र पहिरोवाट उच्च जोखिमयुक्त रहेका जिल्ला हुन् ।

कुन जिल्लामा कति मृत्यु
सुनसरी- ८
रौतहट- ७
मोरङ- ६
सिन्धुली- ४
झापा- ३
दाङ – ३
बाँके – ३
सुर्खेत – ३
बर्दीया- २
बाग्लुङ -२
सल्यान – २
मकवानपुर- २
चितवन – २
पाँचथर – १
बारा – १
धनुषा – १
कपिल्वस्त – १

अविरल परेको वर्षाका कारण मौसममा आएको खरावीका कारण उद्धारमा पनि समस्या भईरहेको गृह मन्त्रालयले जनाएको छ । सरकारले बाढी र पहिरो प्रभावित क्षेत्रमा औषधिसहितको स्वास्थ्य टोली पुरयाउने, यातायात सुचारु राख्ने, आपूर्ति व्यवस्थालाई सुचारु राख्ने, प्रभावित क्षेत्रमा राहत सामाग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धी गर्ने निर्णय गरेको छ ।

प्रकाशित : 13 August, 2017

प्रतिक्रिया दिनुहोस्