डिशहोमद्धारा आफ्ना ग्राहकलाई १० एमबिपीएसम्म निःशुल्क इन्टरनेट
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २१, नेपालमा डिटिएच (डाइरेक्ट टु होम) टिभीको सेवा दिइरहेको डिश होम नेटवर्कले २३३ रुपैयाँमै २५ एमबीपीएस गतिको इन्टरनेट सेवा दिन थालेको छ।
उक्त कम्बो अफरअन्तर्गत डिशहोमको लाइफ स्टाइल प्रिमियम प्याकेज लिने ग्राहकले निःशुल्क रूपमा १० एमबीपीएस र मासिक २३३ रुपैयाँमा २५ एमबीपीएस गतिको एफटीटीएच सेवा प्राप्त गर्न सक्नेछन्।
जसअनुसार वार्षिक ७२०० रुपैयाँ अर्थात मासिक ५०० रुपैयाँ तिरेर डिशहोमको लाइफ स्टाइल प्याकेज लिने ग्राहकले १० एमबीपीएस इन्टरनेट प्राप्त गर्न सकिन्छ।
त्यसैगरी वार्षिक १० हजार रुपैयाँमा अर्थात मासिक ८३३ रुपैयाँ तिरेका डिशहोमको लाइफ स्टाइल प्याकेजका ग्राहकले २५ एमबीपीएस इन्टरनेट सित्तैमा लिन सकिने सापकोटाले बताए।
कम्पनीले आफ्नो प्रिमियम प्याकेजको मूल्यसमेत मासिक ७०० रुपैयाँबाट ६०० रुपैयाँमा झारेको छ। त्यसमा मासिक २३३ रूपैयाँ थपेर ८३३ रूपैयाँ तिर्दा २५ एमबीपीएसको इन्टरनेट पाउने सापकोटाले बताए।
हाल इन्टरनेट सेवा डिशहोम फाइबर नेट पुगेको ठाउँमा मात्रै उपलब्ध हुने छ भने इन्टरनेट लिन हरेक ग्राहकलाई टेलिभिजन सुविधा निः शुलल्क प्रदान गरीने छ ।
कम्पनीको इन्टरनेट सेवा हाल काठमाडौंका प्रायः सबै मुख्य भागहरुमा, ललितपुर, भक्तपुर, बनेपा, इटहरी, हेटौंडा र इनरुवामा उपलब्ध छ । अब चाँडै नै विराटनगर र धरानमा समेत इन्टरनेट सेवा सुरु हुनेछ भने पोखरामा यो लकडाउनसकिए लगत्तै सुरू हुने भएको छ ।
निःशुल्क जडान गरिने डिशहोम फाइबरनेटमा बार्षिक भुक्तानी गर्दा ड्रपवायर समेत निःशुल्क प्रदान गरिने कम्पनीले बताएको छ।
यसरी २०२० को उच्च प्रविधियुक्त सामान र उपकरणहरुको प्रयोग भएको हिसाबले सेवाको गुणस्तरमा पहिलादेखि बजारमा भएका अन्य सेवा प्रदायकहरुको भन्दा अब्बल रहने सापकोटाको दाबी छ।
सन् २००९ मा स्थापना भएको डिश मिडिया नेटवर्क १८ असार २०७४ बाट डिश होम पब्लिक लिमिडेट कम्पनीको रुपमा रुपान्तरण भएको छ भने कम्पनीले निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारी समेत गरिरहेको छ।
डिशहोमले नेपालका टिभी सेवा प्रदायक मध्य सबैभन्दा बढी प्रयोगकर्ता रहेको नेटवर्क भएको र उपग्रह (स्याटलाइट)को मध्यमयबाट ७७ जिल्ला, ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटा वडामा सिग्नलको पहुँच र ग्राहकहरू रहेका छन ।