रेल दुर्घटनामा परी ३० जनाको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २४, सोमबार बिहान पाकिस्तानमा रेल दुर्घटना हुँदा ३० जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।
![](https://sahayatratv.com/wp-content/uploads/2021/06/Rail_accident_train.jpg)
कराँचीबाट सरगोधा जाँदै गरेको मिल्लत एक्सप्रेसको र रावलपिण्डीबाट कराँची जाँदै गरेको सैयद एक्सप्रेसको रेल सिन्ध प्रान्तको डहारकी क्षेत्रमा आपसमा ठोक्किएका हुन् ।
समाचार संस्था डनका अनुसार रेलका डिब्बामा फसेका यात्रुहरुलाई निकाल्ने प्रयास क्रम जारी छ ।