काठमाडौंको धरहरामा काटे राजेश हमालले जन्मदिनको केक

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, नेपाली फिल्मका महानायक अभिनेता राजेश हमाल आफ्नो जन्मदिन अक्सर बिशेष तरिकाले मनाउने गरेका छन् ।

हमालले पत्नी मधु भट्टराईसँग हालै निर्माण सम्पन्न भएको नवनिर्मित धरहराको बार्दलीबाट वरिपरिको दृश्यावलोकन गर्दै सबैभन्दा माथिल्लो तलाको बार्दलीमा केक काटेका छन् ।

हमालले धरहरा निर्माणका लागि दिनरात काम गरिरहेका मजदुरहरुको हौसला बढाउने उदेश्यले जन्मदिनको केक धरहरामा पनि काटेका हुन् ।

जसको जानकारी फिल्म कर्मी तथा हमालका नजिकका साथी शिवराज कार्कीले सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै गराएका हुन् । कार्कीले भिडियोका साथ लेखेका छन् ‘धरहरामा काम गर्ने मजदुरहरुको हौसला बढाउन महानायक ज्युले आफ्नो जन्मदिन धरहरामा केक काटेर मनाउँदै ।’

प्रकाशित : 10 June, 2021

प्रतिक्रिया दिनुहोस्