निर्देशक बुद्धदेव दास गुप्ताको निधन

सहयात्रा टिभी

काठमाडौं । जेठ २७, ७७ वर्षीय प्रसिद्ध फिल्म निर्देशक बुद्धदेव दास गुप्ताको निधन भएको छ ।

उनमा मृगौला सम्बन्धि समस्या रहेको थियो भने हप्ताको दुई पटक उनको नियमित डायलासिस हुँदै आएको थियो । उनका श्रीमती र पहिलो श्रीमतीतर्फ दुई छोरी छन् ।

त्यसैगरी पश्चिम बंगालकी सीएम बनर्जीले उनको निधनमा शोक ब्यक्त गरेका छन् ।

दासगुप्ताका अहिलेसम्म ५ फिल्मले बेष्ट फिचर फिल्मको रुपमा नेशनल अवार्ड पाएको छ । यसको अलवा दुई फिल्मबाट उनले बेष्ट निर्देशकको रुपमा नेशनल अवार्ड लिएका छन् ।

 

प्रकाशित : 10 June, 2021

प्रतिक्रिया दिनुहोस्