केपी ओली प्रचण्ड माधव नेपाल एमाले


वर्षा रोकिएसंगै सरकार राहत वितरणमा, १३ हेलिकोप्टर बाढीग्रस्त क्षेत्रमा परिचालन

सहयात्रा टिभी
काठमाडौं । गत विहिवारदेखि परिरहेको अविरल वर्षा रोकिएपछि उद्धारका लागि सरकार राहत वितरणमा लागेको छ । अविरल वर्षाका कारण उद्धार तथा राहतमा समस्या आएका कारण बाढी प्रभावित जिल्लावासीले राहतको अनुभुति गर्न पाएका थिएनन् । सोमवार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य मन्त्रीहरुले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका थिए । प्रधानमन्त्रीको टोलीमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मा र चारवटै सुरक्षा निकायका प्रमुख थिए । उक्त टोलीले बारा, पर्सा रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापाका बाढी पहिरो र डुबान क्षेत्र निरीक्षण गरेको थियो ।
सेनाको हेलिकोप्टरमार्फत बाढी प्रभावित जिल्लामा पुगेका प्रधानमन्त्री देउवाले आफैले इटहरीस्थित कृष्ण मन्दिरमा राखिएका बाढीपीडितलाई राहत वितरण गरेका थिए । सो अवलोकनका क्रममा सरकारले राहत रकम विनियोजन गरेर प्याकेज बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका अनुसार १२ वटा बाढी प्रभावित जिल्लामा सेना र अन्य निजी हेलिकोप्टरमार्फत राहत पठाइसकिएको जनाएको छ ।

प्रकाशित : 15 August, 2017

प्रतिक्रिया दिनुहोस्