फ्रान्सका राष्ट्रपतिलाई थप्पड हान्नेलाई यस्तो कडा सजाय सुनाइयो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । जेठ २८, फ्रान्सका राष्ट्रपति एम्मानुएल म्याक्रोनमाथि गत मंगलबार थप्पड प्रहार भएको थियो।
भ्रमणका क्रममा भिडमा पुगेका बेला आफू नजिकै बोलाई ती व्यक्तिले म्याक्रोनलाई थप्पड हानेका थिए।
बिहीबार फ्रान्सको एक अदालतले राष्ट्रपति इम्यानुअल म्याक्रोँलाई थप्पड हान्ने व्यक्तिलाई चार महिनाको जेल सजाय सुनुबाई गरेको छ ।
म्याक्रोँलाई थप्पडा हान्ने डामिएन टारेललाई सुनाइएको सजायमा चार महिनाको जेल तथा १४ महिना निलम्बनको सजाय सुनाइएको हो । त्यस्तै उनलाई पाँच वर्षसम्म सरकारी कार्यालयमा काम गर्न र हतियार राख्न प्रतिबन्ध लगाइएको बताईएको छ ।