तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका कर्मचारी आन्दोलनमा

सहयात्रा टिभी

काठमाडौं । जेठ ३०, सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारीले आन्दोलन सुरु गरेका छन्।

सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वृद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलित भएका हुन्।

शुक्रबार वृहत प्रदर्शन गर्दै आन्दोलनकारीले करारका कर्मचारीहरूलाई स्थायी गर्नुपर्ने माग तथा कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेको समाचारमा बताईएको छ।

प्रदर्शनकारीहरूले अर्थमन्त्रीलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए।

 

प्रकाशित : 13 June, 2021

प्रतिक्रिया दिनुहोस्