केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पोखरामा एक सैनिकद्धारा सहकर्मीमाथि गोली हानी हत्या

सहयात्रा टिभी

कास्की । पोखरामा एक सैनिकले आफ्नै सहकर्मीमाथी गोली हानी हत्या गरेका छन् । मंगलबार बिहान पोखराको रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले सहकर्मी गणेश बिष्टलाई गोली हानी हत्य गरेका हुन् ।
दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई एम १६ राइफलबाट सात राउण्ड गोली हानेको प्रहरीले जनाएको छ । कोखामा गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो । रिसइबीका कारण लोहारले सहकर्मीलाई गोली चलाएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : 15 August, 2017

प्रतिक्रिया दिनुहोस्