इन्डोनेसियामा शक्तिशाली भूकम्प

सहयात्रा टिभी

काठमाडौं । असार २, जाकार्ता इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रविन्दु भएर बुधबार ६.१ म्याग्नीच्युडको भूकम्प गएको छ ।

त्यस्तै भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरुले बताएका छन् । स्थानीय समय अनुसार बुधबार बिहान ११ः४३ मा भूकम्प गएको थियो । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ ।

 

प्रकाशित : 16 June, 2021

प्रतिक्रिया दिनुहोस्