मौसम जानकारीः चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना

काठमाडौं । असार ४, आज देशभर सामान्य देखि पूर्ण बदली रहनेछ ।
आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै बागमती प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ तथा पश्चिमि भू–भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ ।