विश्व काव्य यात्राले नेपाली भाषा साहित्यलाई विश्वभर चिनाउँदै

सहयात्रा टिभी

काठमाडौं । असार ४, विश्वभर छरिएर रहेका नेपालीभाषी साहित्यकारहरूलाई नेपाली साहित्यकार विश्व सञ्जाल नामक सञ्जालले फेसबुक मार्फत यौटै छाता मुनी जोडेर म्यासेन्जरमा नेपाली साहित्यका विविध विधाका अग्रज प्रशिक्षकहरूद्धारा निरन्तर अभ्यास गराईरहेको छ ।

नेपाली साहित्यका बिबिध विधा नबुझेर वा बाटो बिराएर अन्योलमा परेका र सिक्न चाहने सर्जक का लागि नमुना पाठशाला बनेको छ। करिब ६ महिनाबाट निरन्तर रुपमा नेपाली साहित्यकार समूहले नेपाली भाषा र साहित्यको बाटोलाई मजबुत बनाउँदै दरिलो खम्बाहरु थप्ने कार्य गरिरहेको छ।

त्यस्तै विश्वका कुना कुनामा छायामा रहेका हरेक नेपाली सर्जकको कलमको सम्मान गर्दै शव्दको विगुल बिश्वब्यापी फैलियोस् भनी नेपाली साहित्यकार विश्व सञ्जालले विश्व काव्य यात्रा प्रस्तुत गर्ने गरेको छ। जस मार्फत विश्वभरका नेपाली सर्जकलाई जोड्ने कोसिस गरिरहेको छ।

उपस्थित अग्रज स्रष्ठाहरूमा यथोचित सम्मान पनि गर्ने गरेको छ, यद्यपि यस कार्यक्रममा उपस्थित सबैलाई समान अतिथिको रुपमा कार्यक्रम गरिन्छ।

त्यसैगरी बेलायत र पोर्चुगलमा बसेर लामो समय देखि नेपाली भाषा साहित्यमा कलम चलाउँदै आएका विभिन्न साहित्यिक संघ संस्थामा आवद्ध साहित्यकार स्पन्दन विनोदको परिकल्पनामा खोलिएको सामाजिक सञ्जालको साझा समूह मार्फत सयौँले लाभ लिने गरेका छन्।

दिनहुँ फरक बिधामा अग्रजद्धारा प्रशिक्षण गराइने नेपाली साहित्यकार विश्व सञ्जाल हाल सम्म संस्थाको रुपमा दर्ता भएको छैन्। ‘संस्था नभएर पनि विश्वभरका सर्जकको सम्मान गर्दै यो समय र प्रविधिको सदुपयोग गरौँ, भाईचारा र आत्मियताको दूरी कम गरौँ भनी यस्तो साझा चौतारी परिकल्पना गरिएको हो’ स्पन्दन विनोद को भनाई रहेको छ। त्यसो त स्पन्दन विनोद अनेसास पोर्चुगलका अध्यक्ष समेत रहेका छन् र अनेसासमा रहेर पनि नेपाली भाषा साहित्यको उत्तिकै सेवा गरिरहेका छन्। ‘डायस्पोराको पुरानो साहित्यिक संस्था अनेसास जस्ता संस्थाहरूसँग साहित्यकारहरूको दूरी कम होस् र हरेक सर्जकलाई हरेक संस्थामा सम्मान होस् भन्नका लागि पनि यो कार्यले सर्जकलाई पर्दा पछाडिबाट अगाडि ल्याउने कार्य गरेको स्पन्दन विनोदको भनाई छ।

यस पाठशालामा हालसम्म सोमवार गजलविद्वच्छिरोमणि डा. घनश्याम परिश्रमीबाट गजल र गजल चिन्तक देवी पन्थीबाट चारुर रागर विराग (बहरमा नरहेका गजल जस्ता रचना) को प्रशिक्षण हुने गरेको छ। त्यसैगरी मंगलवार कवि कलानिधि दाहालबाट गद्य कविता, बुधवार मुक्तककार सुनिल अधिकारीबाट मुक्तक, बिहिवार कवि हरिप्रसाद रिमालबाट छन्द कविता, शुक्रवार गीतकार ज्ञानेन्द्र गदाल अनि सुनिल संगमबाट गीत , शनिवार हाइजिन पुरु सुवेदीबाट हाईकू, कथाकार राजन सिलवालबाट लघुकथा,र आईतवार बाछिटा प्रवर्तक अमर त्यागीबाट बाछिटा अनि कोपिला प्रणेता गिरिराज डल्लाकोटीबाट कोपिला प्रशिक्षण हुँदै आइरहेको छ।

कवि विदुर अधिकारीले छन्द कविता प्रशिक्षणमा र मुक्तककार गिरिराज डल्लाकोटीले मुक्तक प्रशिक्षणमा सहयोगीको भूमिका पनि निर्वाह गरेका छन् भने अभ्यासलाई स्पन्दन विनोद र कमला महतले समायोजन गरी फेसबुकमा एकै ठाउँमा तस्विर सहित राख्ने गरिएको छ। यसले यौटा इतिहास बनाएको छ। यस पाठशालामा हालसम्म प्रशिक्षकहरू तथा समायोजनकर्ताले निस्वार्थ रुपमा निरन्तर सहयोग गर्दै आएका छन्। त्यसैले यो साँच्चै नमुना पाठशाला बनेको छ।

यस पाठशालाबाट विश्व भरका सर्जकलाई जोड्ने क्रममा हालसम्म थुप्रै देशबाट संयोजकहरू बटुलेर १६ औँ श्रृंखलासम्म विश्व काव्य यात्रा पुगिसकेको छ। यस्तो भव्य कार्यक्रमका कारण स्पन्दन विनोदको लगन र नेपाली भाषा साहित्य प्रतिको सेवालाई धेरै साहित्यकारले प्रशंसा गर्ने गरेका छन्। नेपाल, जापान, युएई, कोरिया, युरोप, बेलायत, अमेरिका आदि देशमा पुगिसकेको विश्व काव्य यात्रा विश्वभरका सर्जख माझ अझैँ पुगिरहेको छ। ‘यस कार्यक्रमको मुख्य उद्देश्य भनेको नेपाली भाषामा साहित्य सिर्जना गर्ने सर्जकलाई प्रेरणा दिँदै उनीहरूको आलेख लिने र भविष्यमा कार्यक्रममा वाचन गरिएका रचनाका विधागत पुस्तक निकाल्ने रहेको छ।’ स्पन्दन विनोदले जानकारी दिँदै भने।

त्यसो त हरेक अग्रज स्रष्टाको सम्मान स्वरुप उहाँहरूको जीवनी चर्चा र रचना वाचन सहित जीवन एक तरंग अनेक पनि हरेक हप्ता १६ औँ श्रृंखलाबाट अगाडि बढिसकेको छ। कार्यक्रमलाई प्रविधिमा कुमार शर्माको सहयोग रहदैँ आएको छ। त्यसै गरी अग्रजको जन्म जयन्ती वा विशेष दिनमा पनि साहित्यिक कार्यक्रम मार्फत विश्व भरका सर्जकलाई जोडेर साहित्यिक माहोलको इतिहास रच्ने गरेको छ।

अबको १६औँ विश्व काव्य यात्रा नेपालबाट रहेको छ। यहि आउँदो असार ६ गते, आईतबार साझँ ५ बजे हेर्न नभूल्नु होला।

प्रकाशित : 18 June, 2021

प्रतिक्रिया दिनुहोस्