केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ऐतिहासिक सम्पदा पुनर्निर्माणमा जापानको चासो, हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा जापानले गरिदिने

सहयात्रा टिभी

काठमाडौं । ०७२ मा गएको शक्तिशााली भूकम्पका कारण क्षतिग्रस्त काठमाडौंको ऐतिहासिक सम्पदाका रुपमा रहेका हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माणमा जापानले बिशेष चासो देखाएको छ । नेपालका लागि जापानी राजदूत मासाचि ओगावा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलविचको भेटमा हनुमानढोका दरवार र पाटनको देगु तलेजु मन्दिरको पुनर्निर्माण गर्नेवारे छलफल गर्नुभएको हो ।

सो भेटमा सिइओ पोखरेलले अर्थमन्त्रालयसँग आवश्यक समन्वय गरेर जापानले दिने भनिएको सहयोगलाई प्रक्रियाबाट सम्पदा पुनर्निर्माणमा खर्चे गर्ने गरि आवश्यक कार्यविधि बनाउन सकिने जानकारी गराउनुभयो ।

प्रकाशित : 18 August, 2017

प्रतिक्रिया दिनुहोस्