केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जना पक्राउ, कर्मचारीले नै सुन भन्दै पित्तल राखेर गरे रकम निकासा

सहयात्रा टिभी

काठमाडौं । बैंकलाई हामी सवैले विश्वास गर्नैपर्छ । तर त्यहि विश्वास गर्ने बैंककै कर्मचारी विश्वासिलो बन्न नसक्दा के होला ? हो यस्तै घटना घटेको छ नेपाल बैंकमा । कमसल धितोमा बढी रकम निकासा गरेको अभियोगमा छानबिनका लागि नेपाल बैंक धरान शाखाका म्यानेजरसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकका कर्मचारीले पित्तल राखेर सुन भन्दै कमसल धितोमा धेरै रकम निकासा गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार दिउँसो धरान पुगेर म्यानेजरसहित ११ कर्मचारीलाई पक्राउ गरेको हो ।

प्रकाशित : 18 August, 2017

प्रतिक्रिया दिनुहोस्