केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्रम्पलाई असहयोग गरेको भन्दै ह्वाइट हाउसद्धारा रणनीतिक सल्लाहकार बेनन बर्खास्त

सहयात्रा टिभी

अमेरिका । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका रणनीतिक सल्लाहकार टिमका प्रमुख स्टिभ बेनन बर्खास्तीमा परेका छन् । ह्वाइट हाउस प्रेस सचिव सारा हकबी सान्डर्सले प्रमुख रणनीतिक सल्लाहकार बेनन शुक्रबार बर्खास्त भएको पुष्टि गरेका हुन् । ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केलीले बेननको पदको समीक्षा गरेपश्चात उनी बर्खास्त भएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका महत्वपूर्ण सहयोगीका रुपमा रहँदै आएका बेननले चुनावी अभियानको क्रममा ‘अमेरिक फस्र्ट’ स्लोगन तयार पारेका थिए । बेननले ट्रम्पका पछिल्ला केही नियुक्तिमा असन्तोष जनाउँदै आएको र यही कारण उनि बर्खास्तीमा परेको विश्लेषण पनि गरिएको छ ।

प्रकाशित : 19 August, 2017

प्रतिक्रिया दिनुहोस्