नेपाल राष्ट्र बैंकको भ्रामक सूचनामा विश्वास नगर्न आग्रह

काठमाडौं । असार १७, पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्रामक सूचना पोष्ट भइरहेको भन्दै नेपाल राष्ट्र बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको छ ।
बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकोमा गम्भीर ध्यानकर्षण भएको जनाएको छ । हालसम्म नेपाल राष्ट्र बैंकको कुनै पनि आधिकारिक फेसबुक पेज नरहेको र कुनै पनि प्रकारको सूचना जानकारी तथा आव्हान फेसबुक पेजमार्फत नगरिएको राष्ट्र बैंकले जनाएको छ ।
अनाधिकृत रुपमा राष्ट्र बैंकको फेसबुक पेज सिर्जना गरी भ्रामक जानकारी पोष्ट गराउनेलाई साइबर अपराधसम्बन्धी कानुन बमोजिम कारबाही गरिने बैंकले जनाएको छ ।