रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट सुरु

सहयात्रा टिभी

काठमाडौं । असार १८, करिब दुई महिनादेखि रोकिएको रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ आजबाट फेरि सुरु भएको छ ।

कार्यक्रम प्रसारणका लागि गत आइतबार उत्कृष्ट नौ प्रतियोगिताहरूको प्रस्तुति छायाँंकन गरिएको छ । कार्यक्रममा सेलिब्रेटी जजको रूपमा अभिनेत्रीद्वय करिश्मा मानन्धर तथा रेखा थापालाई प्रस्तुत गरिएको छ ।

सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई, ऋचा शर्मा भने नियमित जजको रुपमा रहेको शोका निर्माता केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी तथा राज घिमिरे हुन् ।

प्रकाशित : 2 July, 2021

प्रतिक्रिया दिनुहोस्