ब्राजिल कोपा अमेरिकाको फाईनलमा

सहयात्रा टिभी

काठमाडौँ । असार २२, ब्राजिल ४७औं संस्करणको कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेका छ ।

सोमबार सेमिफाईनलको पहिलो खेलमा पेरुलाई १–० गोल अन्तरले पराजित गर्दै ब्राजिल फाईनल प्रवेश गरेको हो ।

ब्राजिलको जितमा लुकास पाक्केटाले विजयी गोल गरे । नेयमारले उपलब्ध गराएको पासमा लुकासले गोल गरेका हुन् ।

दक्षिण अमेरिकी फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता ब्राजिलमा सञ्चालन भईरहेको छ ।

नेयमार प्रेरित ब्राजिल उपाधिको नजिक पुगेको छ । ब्राजिलले उपाधिका लागि अर्जेन्टिना र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाईनलको खेल भोलि बिहान हुनेछ ।

प्रकाशित : 6 July, 2021

प्रतिक्रिया दिनुहोस्