केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सशस्त्र प्रहरी जवानहरु तराईमा बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहतमा व्यस्त, यता उनिहरुको तलब रोक्का

सहयात्रा टिभी

काठमाडौं । सशस्त्र प्रहरीको नियमित रुपमा पाउने तलव साउन महिनाको भने रोक्किएको छ । दुई सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को व्यवसायिक लाभलाई लिएर गृहसचिव लोकदर्शन रेग्मीले ‘अस्वभाविक’ अडान राखेका कारण उनिहरुको साउन महिनाको तलब रोकिएको स्रोतले बताएको छ । ३६ हजार फौज रहेको संगठनको जवान तथा जुनियर अधिकृतहरु यतिबेला तराईमा बाढीप्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

सशस्त्रको साधारण समूह (इन्फेन्ट्री) का डीएसपीद्वय दीपेन्द्र कुँबर र पूर्णबहादुर साउदको सार्वजनिक वित्तीय व्यवस्थापन तालिममा पठाउने क्रममा ४० जनाको नयाँ समूहकृत दरबन्दी रोकिएको छ । उक्त दरबन्दी रोकिएकै कारण प्रहरी किताबखानाले सशस्त्रको साउन महिनाको तलबी प्रतिवेदन भदौ ३ सम्म पास गर्न नसकेका कारण साउन महिनाको तलव रोकिएको स्रोतले बतायो ।

प्रकाशित : 20 August, 2017

प्रतिक्रिया दिनुहोस्