हाइटीका राष्ट्रपति मोइसको हत्या
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार २३, हाइटीका राष्ट्रपति जोभेनेल मोइसको गएराति आफ्नो निजी निवासमै हत्या भएको हाइटीका प्रधानमन्त्री क्लाउडे जोसेपले जनाएका छन्।
केही हतियारधारी व्यक्तिहरुले मोइस र उनको परिवारमाथि आक्रमण गरेको जनाईएको छ।
आक्रमणको क्रममा उनीहरुले स्पेनिस भाषामा बातचित गरेको तर आक्रमणकारीको अहिलेसम्म पहिचान खुल्न नसकेको प्रधानमन्त्री जोसेपले एक विज्ञप्ति मार्फत जानकारी दिएका छन्। एजेन्सीको सहयोगमा ।