सात कक्षामा पढ्ने बालिकाले जन्माइन् बच्चा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असार २३, भारतको पश्चिम बंगालमा सात कक्षामा पढ्ने १३ वर्षीया बालिकाले बच्चा जन्माएकी छन् ।
ब्ल्याकमेल गरेर सहपाठीले सम्बन्ध बनाएको खुलासा भएको छ भने घटनापछि आरोपी सहपाठी आफ्नो परिवारको साथमा बंगलादेश भागेका छन् ।
त्यस्तै पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा छोरीको नाबालिग सहपाठीविरुद्ध उजुरी गरेकी छन् । उनले छोरीको अन्तरङ्ग तस्वीरहरू मोबाइलमा राखेर ब्ल्याकमेल गरेको आरोप लगाएकी छन् ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान थालेको प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले जनाएको छ ।