कोपा अमेरिकामा मेस्सीको उत्कृष्ट खेल प्रर्दशन

काठमाडौं । असार २५, कोपा अमेरिकामा मेस्सीले ब्राजिलमा जारी कोपामा चार गोल र पाँच गोलको अवसर सिर्जना गरी उत्कृष्ट खेल प्रर्दशन गरेका छन् ।
त्यस्तै बार्सिलोनाका कप्तान अर्जेन्टिनाले गरेको ११ गोल मध्य प्रत्यक्ष ९ गोलमा संलग्न देखिएका छन् । उनले अर्जेन्टिनाका लागि १ सय ५० खेल पुरा गरेका छन् ।
जारी प्रतियोगितामा सुपरस्टार मेस्सीले केही कीर्तिमानहरु बनाउन सफल भए । उनी अर्जेन्टिनाबाट सर्वाधिक क्याप जित्ने खेलाडी बने ।
कोपामा सर्वाधिक गोल–मेस्सीले सन् २०२१ को कोपामा ६ खेलमा ४ गोल गरेका छन् । उनले पछिल्ला ६ संस्करणमा १३ गोल गरेका छन् ।
अर्जेन्टिनाबाट सर्वाधिक क्याप–कोपा अमेरिकामा मेस्सीले बार्सिलोनाका पूर्व खेलाडी तथा अर्जेन्टिनी खेलाडी जाभियार मासेरानोको सर्वाधिक १ सय ४७ खेलको कीर्तिमान भंग गरे । समूह चरणको अन्तिम खेलमा बोलिभियाविरुद्ध खेल्दै १ सय ४४ खेल पुरा गरेका थिए । उनी अर्जेन्टिनाबाट सर्वाधिक क्याप जित्ने सर्वकालिन खेलाडी बनेका छन् ।
सर्वाधिक कोपा खेल्ने–सन् २०२१ को कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिनाले ब्राजिलसंग खेल्दैछ । योसंगै मेस्सीले चिलीका सर्जियो लिविंगस्टोनले कोपामा खेलेको ३४ म्याचको कीर्तिमानलाई छुनेछन् ।
६ कोपा खेल्ने पहिलो अर्जेन्टिनी–मेस्सी सन् २०२१ मा जारी कोपामा सहभागी छन् । तर उनी ६ वटा संस्करणको कोपा अमेरिका खेल्ने पहिलो अर्जेन्टिनी खेलाडी हुन् । उनले सन् २००७ देखि २०२१ सम्म प्रतियोगिता खेलेका छन् ।
एकै प्रतियोगितामा सर्वाधिक एसिस्ट–उनी कोपा अमेरिका २०२१ मा सर्वाधिक गोलको अवसर सिर्जना गर्ने खेलाडी बनेका छन् । उनले ६ खेलमा ५ गोलको अवसर सिर्जना गरेका छन् ।