दुधसँग खान नहुने कुराहरु
काठमाडौं । असार २५, दुधलाई पोषिलो पदार्थ मानिन्छ।
अझ भैसी भन्दा गाईको दुध जुनसुकै अवस्थामा जोसुकैले पिउँन सकिने भनेर धेरै बिरामीहरुलाई सिफारिस पनि गरिन्छ ।
जुनसुकै खानासँग दुध खाने हो भने अथवा दुध खाने बित्तिकै ति कुराहरु खाने हो भने शरिरमा हानी गर्छ।
दुधसँग खान नहुने कुराहरु यस प्रकार रहेका छन्ः
कालो दालसँग दुधः यदी खानामा कालो दालको प्रयोग गरिएको छ भने त्यस्तो अवस्थामा दुध पिउनु हुदैंन । यसले स्वास्थ्यलाई फाइदा गर्दैन, उल्टै असर गर्छ ।
दहीसँग दुधः दही र दुध सँगै लिँदा छालाको रोग लाग्ने सम्भावना बढी हुन्छ।
मूला, माछामासु जस्ता पदार्थसँग दुधः दुधको साथमा मूला, माछामासु जस्ता पदार्थ नलिनुहोस् । माछा निकै गर्मी चीज हो तातो चिसोको एकैपटक शरीरले पचाउँन सक्दैन र सेतो दाग वा ‘फ्लेरी’ हुन शुरु गर्दछ । जसको उपचार निकै महङ्गो र दुर्लभ हुन्छ ।
नुन र करेलासँग दुधः दुधसँग नुन र करेला खानु हुँदैन ।
तिलसँग दुधः दुधसँगै तिलको सेवन गर्नु पनि हानिकारक हुन्छ । यसले छालाको रोग आउन सक्ने सम्भावना बढी हुन्छ।
कागतीसँग दुधः दुधसँग कागती लिनु पनि निकै हानिकारक हन्छ ।
सुत्नु भन्दा अघि तातो दुधः सुत्नु भन्दा तीन घण्टा अगाडि दुध पिउनु फाइदाजनक हुन्छ । तर, तातो दुध सुत्नु भन्दा अघि खानाले स्वप्नदोष हुने सम्भावना बढी हुन्छ ।
प्याजसँग दुधः खानामा प्याज छ भने खानासँग वा खानापछि दुध नखानुहोला । यो मिश्रणले छालामा दाद, एलर्जी सोराइसिस लगायतका समस्या निम्तिन सक्छन् ।
केरासँग दुधः रुघाखोकी, कफको समस्या छ भने दुधको साथमा केरा नखानुहोला । यसले झनै खोकी बढाँउछ।