दाँत किरा लागेको छ ? अपनाउनुहोस घरेलु उपाय

सहयात्रा टिभी

काठमाडौं । असार २५, मुखलाई सफा र स्वच्छ राख्यो भने स्वास्थ्य पनि राम्रो हुन्छ। दाँत जीब्रो गिजालाई सफा र स्वस्थ राख्न आवश्यक छ।

दाँतमा लाग्ने रोग दुई प्रकारका हुन्छन्। एउटा दाँतमा किरा लाग्ने हो भने अर्को गिजामा समस्या आउने हो।

नियमित ब्रस नगर्दा दाँतको बीचमा आफूले खाएका अन्नका कणहरु बस्दछन्, जब यी कणहरु सड्न थाल्छन्, तब दाँतमा किरा लाग्न थाल्छ ।किरा लागेपछि दुखाई त महशुस हुन्छ नै दाँतको जरा पनि कमजोर बन्दै जान्छ ।

नियमित दिनको २ पटक ब्रस गर्ने बानि बसाल्नुहोस् साथै गुलियो खाएपछि मुख पानिले कुल्ला गर्नुहोस ।

 

प्रकाशित : 9 July, 2021

प्रतिक्रिया दिनुहोस्