केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसएसपीको पदस्थापन: आठजना अख्तियारमा, काठमाडौंमा धानुक, अपराध महाशाखामा लोहनी र ललितपुरमा ऐर

सहयात्रा टिभी

काठमाडौं । सरकारले एसएसपीको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालयले हालै डीएसपीबाट एसपीमा बढुवा भएकामध्ये आठजना सुशीलसिंह राठौर, माधव श्रेष्ठ, उमाप्रसाद चतुर्वेदी, विमल बस्नेत, राजन अधिकारी, ईश्वर कार्की, अरुण पौडेल र किसनसिंह थापालाई अख्तियारमा पदस्थापन गरेको हो । ३५ एसपीको पदस्थापन गर्दा २८ जनाको ‘खाली’ को कारण देखाइएको छ ।

अख्तियार पठाइएका आठ जनाको हकमा भने कारण खुलाइएको छैन । काठमाडौंमा रविन्द्र धानुक र ललितपुरमा गणेश ऐर तथा महानगरीय अपराध महाशाखाको प्रमुखमा दिवेश लोहनीको सरुवा भएको छ ।

 

प्रकाशित : 21 August, 2017

प्रतिक्रिया दिनुहोस्