पाकिस्तानमा बस दुर्घटनाहुदाँ १३ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असार ३१, पाकिस्तानको खैबर पख्तनुख्वा प्रान्तमा भएको बस दुर्घटनाहुदाँ ९ जना चिनियाँ नागरिकसहित १३ को मृत्यु भएको छ ।

तस्बिरः ग्लोबल टाइम्स

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अनुसार मृत्यु हुनेहरुमा ४ जना पाकिस्तानी नागरिक रहेका छन् ।

डासु जलविद्युत् आयोजनामा कार्यरत चिनियाँ नागरिकसहितको टोली बोकेको बस बुधबार विस्फोटपछि खोलामा खसेको बताइएको छ ।

अपर कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा २७ जना घाइते भएका छन् भने घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर भएको बताइएको छ । घाइतेमध्ये अधिकांश चिनियाँ नागरिक रहेका छन् । दुर्घटनामा मृत्यु भएका ९ जना चिनियाँ नागरिक डासु परियोजनामा इन्जिनियरका रुपमा कार्यरत थिए ।

चिनियाँ समाचारपत्र ग्लोबल टाइम्सले पनि उक्त घटना शंकास्पद रहेको उल्लेख गर्दै ‘दुर्घटना वा आतंकवादी आक्रमण ?’ भन्दै समाचार प्रकाशित गरेको छ । एजेन्सीको साथमा ।

प्रकाशित : 15 July, 2021

प्रतिक्रिया दिनुहोस्