मनिषाको घर राजमहल भन्दा कम छैन, डाक्टर बन्ने सपना अभिनेत्रीमा परिणत

काठमाडौं । साउन १, बलिउडमा राज गर्ने एक मात्र नेपाली नायिका मनिषा कोइरला हुन्।
बलिउडमा उनको अभिनय रहेको फिल्म संजुले पनि अपार सफल्ता प्राप्त गर्यो ।
२०१२ सालमा उनि क्यान्सरको शिकार समेत भएकी थिइन्। तर क्यान्सरलाई उनले जितेकी छिन्। उनले आफ्नो घरलाई निकै सुन्दर तरिकाले सजाएर राखेकी र सामाजिक संजालमा सेयर गरेकी छिन् । उनले आफ्नो रूमको डिजाइनमा अधिकांश फुलको प्रयोग गरेकी छिन्।
नेपाली काँग्रेसका संस्थापक नेता वीपी कोइरालाकी नातिनी मनिषा कोइराला फिल्मी दुनियाँमा खुबै जमिन् । मनिषाको सम्राट उपाध्यायसँगको विवाह लामो समय टिकेन ।
पछिल्लो समय नेपाल र भारतबीच सिमा विवादमा मनिषाको भनाईले चर्चा समेत पायो । उनले सिमा विवादमा ट्वीटर गरेर देशभक्ति देखाइन् ।
हाल मनिषा मुम्बईबाट काठमाडौं स्थल मार्गबाट फर्किएकी छिन् । लामो यात्राबाट उनी परिवारसहित फर्कनुलाई अर्थपूर्ण मानिएको छ ।