‘बालिका वधु’मा अभिनय गरेकी भारतीय अभिनेत्री सुरेखाको निधन

सहयात्रा टिभी

काठमाडौं । साउन १, चर्चित अभिनेत्री सुरेखा सिक्रीको ७५ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको छ।

सुरेखालाई सन् २०१८ मा उनलाई प्यारलाइटिक स्ट्रोक भएको थियो।

तीन पटक नेसनल फिल्म अवार्ड जितेकी सुरेखाले सन् १९७८ को राजनितिक ड्रामा फिल्म ‘किस्सा कुर्सी’ का बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी थिइन्।

भारतको उत्तर प्रदेशमा जन्मिएकी सुरेखाले सन् १९७१ मा ‘नेशनल स्कुल अफ ड्रामा’बाट स्नातक गरेकी हुन्। ‘बधाई हो’ सुरेखाले फिल्ममा आयुष्मान खुरानाको हजुरआमा बनेर अभिनय गरेकी थिइन् जुन धेरैले मन पराए।

फिल्मबाहेक थिएटर र टेलिभजन कार्यक्रममा समेत उनी सक्रिय रहिन्। चर्चित भारतीय टेलिशृंखला ‘बालिका वधु’मा कल्याणी देवीको भूमिकामा गरेको उनको अभिनय धेरैले मन पराएका थिए।

प्रकाशित : 16 July, 2021

प्रतिक्रिया दिनुहोस्