बलिउड अभिनेता अक्षयकुमार फेरि भगवानको भूमिकामा

काठमाडौं । साउन ६, बलिउड अभिनेता अक्षयकुमार फेरि भगवानको भूमिकामा देखिदै छन् ।
उनी फिल्म ‘ओ माई गड २’मा दोस्रो पटक भगवानको भूमिकामा देखिन लागेका हुन् ।
बलिउडमा फिल्म ‘ओ माई गड’को सिक्वेलका लागि लामो समयदेखि कसरत र चर्चा थियो ।
‘ओ माई गड’को सिक्वेलमा अक्षयकुमार परेश रावलसँग भने देखिने छैनन् । साथै फिल्मका निर्देशक समेत फेरिएका छन् । सो फिल्मको सुटिङ अगस्टमा सुरु हुनेछ ।
फिल्मका लागि अक्षयकुमारले १५ दिनको समय निर्देशकका लागि दिएका छन् ।