यसराज र सरिताको ‘आयो तिम्रो राजा’ भिडियोसहित सार्वजनिक

काठमाडौं । साउन ६, गायक गणेश थापाको स्वर रहेको गीत ‘आयो तिम्रो राजा’ भिडियोसहित सार्वजनिक भएको छ ।
सुवर्णकुमार श्रेष्ठको संगीत रहेको गीतको शब्द सुदन लुईंटेलले कोरेका हुन् । भिडियोमा यसराज गराचन र सरिता भारतीको अभिनय रहेको छ । सुवास बुढाथोकीको निर्देशन रहेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायाँकन रहेको छ ।
भिडियो: