सन् २०३२ को ओलम्पिक ब्रिसवेनमा हुने

सहयात्रा टिभी

काठमाडौं । साउन ७, सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाली सहर ब्रिसवेनमा हुने भएको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस बाखले ब्रिसवेनको पक्षमा भएको निर्णय सुनाएका थिए ।

ब्रिसवेन नै ओलम्पिक आयोजना गर्ने सहरको होडमा एक्लै सबैभन्दा अगाडि थियो र उसको पक्षमा आएको निर्णय अपेक्षित मानिएको छ । टोकियोबाट हजारौं माइल टाढा रहेको सहर ब्रिसवेनमा पनि खुसीयाली छाएको थियो ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको १५ सदस्यीय कार्यकारी समितिले ब्रिसवेनलाई एकमात्र प्रत्याशीका रूपमा अगाडि सारेको थियो ।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले यसलाई ऐतिहासिक उपलब्धि भएको दाबी गरेका छन् ।

अस्ट्रेलियाले यसअघि दुईपल्ट ओलम्पक आयोजना गरिसकेको छ । सन् १९५६ मा मेलबर्न र २००० मा सिड्नीले ओलम्पिक आयोजना गरेका थिए ।

प्रकाशित : 22 July, 2021

प्रतिक्रिया दिनुहोस्