टोकियो ओलम्पिक अन्तर्गत जुडोको पहिलो खेलमा नेपालकी सोनिया र रुसकी इरिना भिड्ने

सहयात्रा टिभी

काठमाडौं । साउन ७, टोकियो ओलम्पिकअन्तर्गत जुडो खेलाडी सोनिया भट्टले आफ्नो पहिलो खेलमा रुसी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

बिहीबार सार्वजनिक खेल तालिका अनुसार सोनियाले पहिलो खेलमा बलियो खेलाडी प्रतिद्वन्द्वी पाएकी छन् । उनले महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

सोनिया नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)की कास्यपदकधारी खेलाडी हुन् ।

 

प्रकाशित : 22 July, 2021

प्रतिक्रिया दिनुहोस्