केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रधानमन्त्री देउवा भारत प्रस्थान, आईतवार स्वदेश फर्कने

सहयात्रा टिभी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँचदिने राजकीय भ्रमणमा नयाँ दिल्ली प्रस्थान गरेका छन् । पाँच दिने भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा बुधबार बिहान दश बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्ली प्रस्थान गरेका हुन् । प्रधानमन्त्री देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा श्रीमती सहित ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै भारत भ्रमणमा प्रस्थान गरेका हुन् । नयाँदिल्लीमा बिहीबार द्विदेशीय उच्चस्तरीय वार्तासहित भेटघाट र अन्य कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिकाअनुसार बुधबार दिउँसो नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछि प्रधानमन्त्री देउवाले नेपाली दूतावासमा जाने कार्यक्रम रहेको छ ।

बिहीबार बिहान राष्ट्रपति भवनमा समकक्षी नरेन्द्र मोदीले औपचारिक समारोहबीच प्रधानमन्त्री देउवालाइ स्वागत गर्ने कार्यक्रम रहेको छ । । उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा आइतबार सांझ स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित : 23 August, 2017

प्रतिक्रिया दिनुहोस्