हरितालिका तीज धुमधामका साथ मनाईदै, पाशुपत क्षेत्र लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँईचो

सहयात्रा टिभी

काठमाडौं । भाद्र–१६, आज हरितालिका तीज, हिन्दुहरुको महान पर्व तीजका अवसरमा देशशभरका शिवालयहरुमा ब्रतालु भक्तजनको ठूलो मात्रामा घुँईचो लागेको छ। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्वमा देवी देवता तथा महादेवको पूजा आराधना गरी मनाइन्छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत बस्नाले पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने विश्वास गरिन्छ । तीजका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर लगायत देशभरका शिवालयमा श्रद्धालुहरुले भगवान शिवको पूजा आराधना गरि मनाईरहेका छन् ।

 

प्रकाशित : 2 September, 2019

प्रतिक्रिया दिनुहोस्