शहर कब्जाको लागि गरेको तालिबानको आक्रमण विफल

सहयात्रा टिभी

काठमाडौं । साउन १२, अफगानिस्तानको उत्तरी प्रान्त तखारको प्रान्तीय राजधानी तालुकान शहरमा तालिबान लडाकूले शहर कब्जाको लागि गरेको आक्रमण विफल भएको छ ।

सांकेतिक तस्बीर

उक्त आक्रमणको क्रममा २८ जना आतङ्ककारी मारिएका सरकारी स्रोतले जनाएको छ । सेनाको प्रवक्ता अब्दुलहादी नाजारीका अनुसार तालिबान आतंककारीहरूले तालुकान शहरलाई बिभिन्न दिशाबाट आक्रमण गर्ने योजना बनाइरहेका थिए, तर लडाकू विमानको सहायतामा सेनाले गरेको कारबाहीको क्रममा २८ तालिबान लडाकू मारिएका छन् ।

तालिबान लडाकू समूहले तखार प्रान्तका १६ ओटा जिल्लाका केन्द्रहरू नियन्त्रणमा लिएको र विगत एक महिनादेखि राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा रहेको प्रान्तीय राजधानी तालुकान शहर कब्जा गर्न आक्रमण गरिरहेका बताईएको छ ।

 

 

प्रकाशित : 27 July, 2021

प्रतिक्रिया दिनुहोस्