डिजिटल प्लेटफर्मबाट धुर्मुस सुन्तलीको चलचित्र ‘म त मर्छु कि क्या हो’ रिलिज हुने

सहयात्रा टिभी

काठमाडौं । साउन १५, हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) ले आफ्नो फिल्म ‘म त मर्छु कि क्या हो’ डिजिटल प्लेटफर्मबाट रिलिज गर्ने भएका छन् ।

‘म त मर्छु कि क्या हो’ वैवाहिक जीवनमा आउने उतार–चढावको विषयमा बनेको फिल्म हो । फिल्ममा सीताराम र कुञ्जना टेलिसिरियल ‘मेरी बास्सै’को धुर्मुस–सुन्तलीकै गेटअफमा देखिएका छन् ।

त्यस्तै लेखन र निर्देशनसमेत धुर्मुस–सुन्तलीको रहेको फिल्ममा उनीहरुको अलवा बुद्धि तामाङ, विजय बराल, रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला, बलदिप राई लगायतका कलाकारको अभिनय समेटिएको छ ।

केही दिन अगाडि धुर्मसले फिल्मको ट्रेलरसमेत सार्वजनिक गरेका थिए ।

हेनुहोस फिल्मको ट्रेलरः

प्रकाशित : 30 July, 2021

प्रतिक्रिया दिनुहोस्