आजबाट इङ्ल्यान्ड र भारतबीचको पहिलो टेस्ट खेल

काठमाडौं । साउन २०, इङ्ल्यान्ड भ्रमणमा रहेको भारत र घरेलु टोलीबीचको पाँच टेस्ट शृंखला अन्तर्गत पहिलो टेस्ट आज (बुधवार)बाट शुरू हुँदैछ।
नटिङहामस्थित ट्रेन्ट ब्रिजमा पहिलो टेस्ट नेपाली समय अनुसार अपरान्ह ३ः४५ बजेबाट शुरु हुने छ।
त्यस्तै न्युजिल्यान्डविरुद्ध टेस्ट च्याम्पियनशिप फाइनलमा पराजय भोगेको भारत यस शृंखलामा भने जितको लागि उत्रनेछ।
यसै वर्षको शुरुवातमा भारत भ्रमण गरेको इङ्ल्यान्ड चार टेस्ट खेलमा ३-१ ले पराजित भएको थियो। भारतीय पिचमा स्पिनरविरुद्ध निरिह देखिएको इङ्ल्यान्डलाई पनि बदलाको भावना जिउँदै रहेको छ।
इङ्ल्यान्ड
रोरी बर्न्स, डोम सिवले, ज्याक क्रली, जो रुट ९कप्तान०, जोनी बेरस्टो, जोस बटलर, स्याम करन, ओली रोबिनसन, स्टुवार्ट ब्रोड, ज्याक लिच, जेम्स आन्डरसन
भारत
रोहित शर्मा, केएल राहुल, चेतेश्वर पुजारा, विराट कोहली (कप्तान), अजिंक्य रहाने, ऋषभ पन्त, रविन्द्र जडेजा, रवि आश्विन, इशान्त शर्मा, मोहम्मद शमी, जसप्रित बुम्राह