पत्रकार सम्मेलन गर्दै पारस खड्काले गरे यस्तो घोषणा

काठमाडौं । साउन २०, राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पारसले क्रिकेटबाट आफू नटाढिएको स्पष्ट पारे।
‘क्रिकेटबाट टाढा भएको हैन। क्रिकेटसँगै रहन्छु। भूमिकामात्र बदलिनेछ,’ उनले भने।
आगमी दिनमा उनले एकेडेमी सञ्चालन गर्ने बताए। पारसले सबैको साथ र सहयोगको कारण यो स्थानमा आउन सफल भएको बताए।