कपिल शर्मा शोबाट सुमोना आउट भएकी होईन

सहयात्रा टिभी

काठमाडौं । साउन २१, गत महिना कमेडियन कपिल शर्माले ‘द कपिल शर्मा शो’ का स्टारकास्टसँग सेल्फी सेयर गर्दै लेखेका थिए – ‘पुरानो अनुहारका साथ नयाँ शुरुवात’ ।

फोटोमा कपिलसँगै कीकू शारदा, भारती सिंह, कृष्णा अभिषेक, चन्दन प्रभाकर र सुदेश लहरी देखिएका थिए । उक्त फोटोमा सुमोना चक्रवर्ती गायब थिइन् । मानिसहरुको अनुमान थियो, सुमोना कपिल शर्मा शोबाट बाहिरिइन् । तर, यसमा कुनै सच्चाई नरहेको बताइएको छ ।

प्रकाशित : 5 August, 2021

प्रतिक्रिया दिनुहोस्