किरण गजमेरले हात पारे द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि

काठमाडौं । साउन २४, शनिबार भएको फाइनलमा अन्य तीन प्रतिष्पर्धीलाई भोटका आधारमा पछि पार्दै किरण गजमेरले उपाधि हात पारेका छन् ।
टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् भने यी तीनैजना फाइनलिस्टले द भ्वाइसको ट्रफी पाएका छन् ।
गायक प्रमोद खरेलको टिममा रहेका गजमेरले अन्य ३ प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तारा श्रीष मगरलाई पछि पार्दै उपाधि जितेका हुन् । उनले भोटका आधारमा उपाधि जितेका उनले २५ लाख रुपैयाँ पनि पाएका छन् ।
अमेरिकामा बस्दै आएका किरण भ्वाइसकै लागि नेपाल आएका थिए । किरण गजमेरले उपाधि जितेपछि आफूलाई विश्वभरबाट भोट गर्ने सबै नेपालीहरुलाई धन्यवाद दिएका छन् ।