अभिनेत्री करिना कपूर (खान) फिल्म निर्माण गर्दै

सहयात्रा टिभी

काठमाडौं । साउन २६, अभिनेत्री करिना कपूर खान अब निर्माताका रुपमा दर्शकमाझ आउदैछिन् ।

निर्मात्री एकता कपुरसँग सहकार्य गर्दै करिना एक थ्रिलर फिल्म बनाउदैछिन् । जसको निर्देशन हंसल मेहताले गर्नेछन् ।

‘एकताका साथ यो फिल्ममा एक निर्माताको रुपमा काम गर्न उत्साहित छु । म हंसलको फिल्मको ठूलो प्रशंसक हुँ । उनीसँग पहिलोपटक काम गर्न पाउनु मेरा लागि विशेष हुनेछ । म यो सहकार्यका लागि अझ बढी प्रतिक्षा गर्ने छैन’, करिनाले भनेकी छन् ।

करिनाले इन्स्टाग्राममा एकता र हंसलका साथ एक फोटो शेयर गरेकी छन् ।

 

प्रकाशित : 10 August, 2021

प्रतिक्रिया दिनुहोस्