शिरीष देवकोटाको तीज गीत ‘लौरी च च’सार्वजनिक

काठमाडौं । साउन २६, गायक शिरीष देवकोटाको तीज गीत सार्वजनिक भएको छ । उनको ‘लौरी चच’बोलको गीत सार्वजनिक भएको हो ।
सार्वजनिक गीत गायनमा गायक देवकोटालाई गायिका शान्तिश्री परियारले साथ दिएकी छिन् ।
सार्वजनिक भाका पाल्पातिर एक समय निकै चर्चित थियो । पछिल्लो समय हराउँदै गएको यो भाकाको संरक्षणका लागि आफूले गीत गाएको देवकोटाले बताए ।
यो भाका गाउने पुस्ता बितिसकेकाले यो भाकाको उत्पत्ति र इतिहासका बारेमा पूर्ण जानकारी लिन गाह्रो भएको शिरीषले बताए ।
भिडियो हेर्नुहोस्ः