चुटकिला

सहयात्रा टिभी

काठमाडौं । साउन २८, एक पटक दाजुभाइ धन कमाउन एक वर्षको लागि एउटा उत्तरतिर र अर्को दक्षिणतिर लागेछन् ।

एक वर्षसम्म दुवैले जागिर नपाएर खानुसम्म हण्डर खाएर घर फर्केछन् । घरमा दाजु भाइको भेट भयो । तब दुवै एक वर्षसम्म आफू पुगेको ठाउँको वर्णन यसरी गर्न थालेछन्:

दाजु:  म त यस्तो ठाउँमा पुगेँ हेर त्यहाँ यति जाडो थियो कि एकआपसमा कुराकानी गर्दा जाडोले नसुनेर अर्काले भनेका कुराहरु बटुलेर एउटा भाँडामा हाली बेलुका भुट्नुपर्थ्यो ।

भाइ : म त झन् यस्तो ठाउँमा पुगेँ, त्यहाँ यति गर्मी थियो कि सूर्यको तापझैँ आफ्नो शरीरको ताप हुन्थ्यो । एक पटक आफ्नो शरीर ठण्डा गराउन भनेर १५ गाग्री पानी खन्याएको त टाउकै बिलाएछ ।

साभार :‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट

प्रकाशित : 12 August, 2021

प्रतिक्रिया दिनुहोस्